Section 20
एकाङ्क प्रमाणपत्र
(१) कोषले प्रत्येक एकाङ्कवाला (यूनिट होल्डर) लाई तोकिएबमोजिमको ढाँचामा एकाङ्क प्रमाणपत्र दिनु पर्नेछ । (२) एकाङ्क प्रमाणपत्र प्रचलित कानूनका अधीनमा रही विनिमय हस्तान्तरण वा नामसारी गर्न सकिनेछ । (३) एकाङ्क प्रमाणपत्रको नामसारी, दाखिल खारेज वा विनिमयसम्बन्धी कार्यविधि तोकिएबमोजिम हुनेछ ।